पिकअप भ्यानको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

 ग्लोबल टिभि      बिहिबार, पुस ९, २०७७      0

काठमाडौंको बल्खुस्थित सिता पेट्रोलपम्प नजिक पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीका देवचुली नगरपालिका–१४ घर भएका २७ वर्षीय ज्ञानु अधिकारी रहेका छन्। उनलाई बा २१ च ५०६४ नम्बरको पिक अप भ्यानले बुधबार साँझ ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पैदल हिँड्दै गरेका अधिकारीलाई बुधबार साँझ पौने ७ बजे भ्यानले ठक्कर दिएको थियो । उनको बयोधा अस्पतालमा उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यान चालक धादिङका राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *