ग्लोबल टिभि
बिहिबार, पुस ९, २०७७
0
जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरको दोस्रो तल्लामा आगलागी भएको छ । स्थानीय शिव चोकस्थित बिहान ११ बजेतिर आगलागी भएपछि अहिले निभाउने प्रयास भैरहेको छ ।
आगो निभाउन स्थानीय व्यक्ति, नेपाल तथा सशस्त्र प्रहरी ठूलो संख्यामा जुटेका छन् । आगोलाई नियन्त्रणमा लिनका लागि जनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र आगलागी स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।
आगलागी कसरी भयो भन्ने कुरा खुल्न सकेको छैन् ।
Post Views: 1,400
Leave a Reply