५० करोडको जग्गा कीर्ते गरी ठगी गरेको अभियोगमा जंग बहादुर राणा पक्राउ

 ग्लोबल टिभि      बुधबार, अशोज २८, २०७७      0

काठमाडौं । जग्गा किर्ते गरी ठगी गरेको कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१३ कुसुन्ती ठेगाना भएका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

ब्युरोका अनुसार उनलाई रातोपुलको साधना गल्लीस्थित डेराकोठाबाट पक्राउ गरिएको हो । राणाले कमलादेवी राजभण्डारीको नाममा सर्पाको वीरगञ्जमा रहेको पाँच कठ्ठा, १५ धुर, नौ कन्वामा बनेको घरजग्गा मुकेश राजभण्डारी बनेर विक्री गर्न खोजेका थिए । मालपोत कार्यालयका कर्मचारीहरु समेतसँग मिलेमतोमा गिरधारीलाल अग्रवाललाई विक्री गर्न ५० लाख बैना समेत लिएका थिए ।

घटनाबारे जानकारी पाएपछि राजिव राजभण्डारी समेतले ब्यूरोमा जाहेरी दरखास्त दिएपछि राणालाई पक्राउ गरिएको थियो । उनले मुकेश राज भण्डारी किर्ते नाम लेखाउँदा ५० वर्ष उमेर र ललितपुर महानगरपालिका ३ ठेगाना लेखेको ब्यूरोले बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *