ग्लोबल टिभि
0
स्कार्पियोले ठक्कर दिँदा डोटीमा एक बालकको मृत्युु भएको छ । मृत्युु हुनेमा शिखर नगरपालिका–६ कोटगाउँका मोहन बलायरका ६ वर्षीय छोरा गौरव बलायर रहेका छन् ।
डोटीबाट धनगढीतर्फ जाँदै गरेको से १ च १००९ नम्बरको स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका गौरवलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
स्कार्पियो र त्यसका चालक महादेव गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Post Views: 1,197
Leave a Reply