चिसो बढेकाले स्वास्थ्यप्रति सचेत रहन मौसमविद्को आग्रह

काठमाडौंको तापक्रम जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान

 ग्लोबल टिभि      सोमवार, कार्तिक २२, २०७८      0

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकाले स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत १० दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको जानकारी दिएकाछन् । पौडेलका अनुसार तापक्रम १० दिन यता १७ डिग्रिबाट आठ डिग्री सेल्सियससम्म पुगेको छ । यस्तै कात्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्री सेल्सियससम्म पुगेको छ । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढीरहेकोले नेपालमा पनि जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताए । उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताए ।

वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *