ग्लोवल टि.भी.
शुक्रबार, पुस १०, २०७७
0

ललितपुरको लगनखेलबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका(१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार रहेका छन् । उनीहरुको साथबाट चोरीको बा ८१ प ५२७५ नम्बरको मोटरसाइकल समेत बरामद भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
अभिषेक ढकालले काठमाडौंको कपनबाट उक्त मोटरसाइकल हराएको सूचना बिहीबार महाशाखामा दिएका थिए । सोही सूचनाको आधारमा खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेको भट्टराईले जानकारी दिए ।

Leave a Reply