९ महिनापछि खुल्यो लाइसेन्सको परीक्षा (सूचना सहित)

 ग्लोबल टिभि           0

काठमाडौं । ९ महिनादेखि बन्द रहेकोे सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा मंगलबारदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै पुस १४ गते मंगलबारदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा खुल्ला हुने जनाएको हो ।

विभागले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य मापदण्ड परिपालना गर्दै अनलाइनबाट फाराम बुझाउन सकिने व्यवस्था गरेको जनाएको छ ।

कोरोना संक्रमण फैलँदै गएपछि सरकारले चैतदेखि परीक्षा फाराम लिन नै बन्द गरेको थियो ।

यसअघि सवारीचालक र सवारीसाधन नवीकरण लगायतका काम जारी राखिए पनि सवारी चालक अनुमति पत्रको परीक्षा भने खुलाइएको थिएन् । उक्त कार्यालय सेवाग्राहीको धेरै भीडभाड हुने प्रमुख कार्यालयमा पर्छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *