ग्लोबल टिभि
आइतवार, पुस १२, २०७७
0
काठमाडौंको चाबहिल गोपीकृष्णहल नजिकैको पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ ।
बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट धोबी खोलामा खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली-५ घर भई कपनमा बस्दै आएका २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुडिरहेको मोटरसाइकल शनिबार राति नौ बजे पुलबाट धोबीखोलामा खसेको थियो । गम्भीर घाइते भएका श्रेष्ठको नेपाल-भारत अस्पताल चाबहिलमा उपचारको क्रममा राति १० बजे मृत्यु भएको हो।
Post Views: 1,174
Leave a Reply