ट्रकको ठक्करबाट २ जनाको मृत्यु

 ग्लोवल टि.भी.      आइतवार, पुस १२, २०७७      0

गुल्मीमा ट्रकको ठक्करबाट शनिबार राति दुई जनाको मृत्यु भएको छ। मृत्यु हुुनेमा रेसुंगा नगरपालिका–१३ भंगारीका स्थानीय २६ वर्षीय टोपबहादुर रजाली र सोही ठाउँका २३ वर्षीय बालकृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक प्रवीणलाल श्रेष्ठले बताए। चालक र ट्रक प्रहरीको नियन्त्रणमा छन्। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *