नेता श्रेष्ठले जिरीमा सीप मुलक तालीम प्रदान गर्दै

 ग्लोवल टि.भी.      आइतवार, पुस १२, २०७७      0

कांग्रेसका युवा नेता एबं समाजसेवी राकेश श्रेष्ठको पहलमा दोलखाको जिरीमा विभिन्न सीप मुलक तालीम युवाहरुलाई प्रदान गरीएको छ ।

राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज अनामनगर काठमाडौंको आयोजनामा र ल्याटर डे सेन्ट च्यारिटिस नेपालको आर्थिक सहयोगमा डकर्मी र प्लम्बिङ तालिम समापन भएको छ।

जिरी नगरपालिकाको सबै वडाबाट प्लम्बिङ तर्फ २० युवा त्यसैगरी डकर्मी तर्फ पनि २० युवा गरि जम्मा ४० जनालाई सो तालिम दिइएको राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज अनामनगर काठमाडौंका महासचिव असोक सिंहले जानकारी दिए । लेटर डे च्यारिटिस नेपालको सहयोगमा आयोजना भएको तालिमको समापन जिरी नगरपालिकाका मेयर टङ्क जिरेलले गरेका थिए ।

मेयर जिरेलले पुरुषहरुको र महिलाहरुको समान सहभागीताले डकर्मी र प्लम्बिङ तालिम लिन उत्साह जनक सहभागीता देख्दा खुसि लागेको भन्दै यस्ता तालिमबाट ब्यक्तिको सीप विकास साथै आय आर्जनमा समेत दक्ष जनशक्ति उत्पादन हुने बताउँदै जिरी नगरपालिकाले स्थानीय स्तरबाट गर्न सक्ने सहयोग कुनै पनि कसरत बाकी नराख्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा डकर्मीतर्फ अनुभवी तथा दक्ष व्यक्ति मोहन मान ब्यन्जनकार र प्लम्बिङतर्फ अनुप बराल र निर्जला आचार्य रहेका थिए । कार्यक्रम राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज नेपालका महासचिव अशोक सिंहको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम जिरी प्राबिधिक शिक्षालयमा सम्पन्न भएको थियो । कार्यक्रम युवा समाजसेवी तथा युवा नेता राकेश श्रेष्ठको पहलमा जिरी नगरपालिकामा संचालित रहेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *