ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

 ग्लोवल टि.भी.      आइतवार, पुस १२, २०७७      0

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट सूर्यगडी नगरपालिका-२ घर भएकी ४६ वर्षीया बाटुलीदेवी थापा रहेकी छिन्।

शनिबार दिउँसो पासिकोट ओरालोमा ना५त ६२०८ नम्बरको ट्याक्टरले पैदलयात्रु थापालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापछि ट्याक्टर अनियन्त्रित हुँदा चालक रामेछाप मन्थल-७ का २५ वर्षीय लबु खड्का पनि घाइते भएका छन् । उनको पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *