दिल्ली वायु प्रदूषणःअर्को आदेश नभएसम्म शैक्षिक संस्था बन्द

 ग्लोबल टिभि      बुधबार, मंसिर १, २०७८      0

दिल्ली सरकारले बढ्दो प्रदूषणलाई ध्यानमा राख्दै अर्को आदेश नभएसम्म विद्यालय र अन्य शैक्षिक संस्था बन्द गर्न आदेश दिएको छ। साथै अत्यावश्यक सेवा बाहेक बाहिरबाट आउने सवारीसाधनलाई दिल्ली प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

दिल्लीका वातावरणमन्त्री गोपाल रायले उक्त जानकारी दिएका हुन् । उनले दिल्ली सरकारका कर्मचारीहरूका लागि घरबाट काम गर्ने व्यवस्था आइतबारसम्म जारी रहने बताए ।

रायका अनुसार बिहीबारदेखि ‘सार्वजनिक यातायात सेवा सुदृढ बनाउन एक हजार निजी सिएनजी बस परिचालन गरिनेछ ।

वायु प्रदूषणका विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि वायु गुणस्तर व्यवस्थापन आयोगले मंगलबार राति राष्ट्रिय राजधानी क्षेत्रमा स्कुल, कलेज र शैक्षिक संस्थाहरू अर्को आदेश नभएसम्म बन्द रहने र अनलाइन शिक्षाको मात्र अनुमति दिइने निर्देशन दिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *