कांग्रेस अधिवेशन: निर्वाचन अधिकृतमाथि हातपात

 ग्लोबल टिभि      बिहिबार, मंसिर २, २०७८      0

नेपाली कांग्रेसको अधिवेशनका लागि सर्लाहीमा खटिएका निर्वाचन अधिकृतमाथि कांग्रेसकै एक समूहले हातपात गरेका छन् ।
बिहीवार पार्टी कार्यालयमा रहेका बेला घेरा हालेर निर्वाचन अधिकृत दिवाकरराज पाण्डेलाई हातपात गरेका हुन् ।

अधिवेशनका लागि मतदान अधिकृतहरू खटाउने विषयमा कुराकानी भइरहेका बेला निर्वाचन अधिकृतमाथि नै हातपात भएको हो ।

सर्लाही कांग्रेस सभापति नागेन्द्रकुमार रायले निर्वाचन अधिकृतमाथि हातपात भएको बताए । ‘निर्वाचन अधिकृतलाई चप्पललगायतले हातपात गरेका छन् । उनीहरूको घेराबाट निकालेर उहाँलाई मैले होटलतर्फ लैजाँदैछु,’ सभापति रायले भने ।

कांग्रेस सांसद अमरेशकुमार सिंह समर्थित टोलीले निर्वाचन अधिकृतमाथि हातपात गरेको आरोप छ । सर्लाहीमा पहिलेका निर्वाचन अधिकृतले राजीनामा दिएपछि केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई नयाँ निर्वाचन अधिकृतका रूपमा खटाएको थियो ।

सर्लाहीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका कार्यकर्ताबीच क्रियाशील सदस्यता वितरणदेखिकै विवाद थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *