वकिलको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्यो , बार अध्यक्षसहित घाइते

 ग्लोबल टिभि           0

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते भएका हुन् ।

प्रहरीको घेरा तोड्न खोजेपछि कानुन व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग गरेको थियो । धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, वरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा लडेका थिएभने सुरक्षा निकायका एकजना डिएसपीको हातमा चोट लागेको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कानुन व्यवसायीहरूले उनलाई माफी माग्न भनेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *