सुरु भयो फूलकोर्ट बैठक, न्यायाधीशहरूपनि काममा फर्किए

 ग्लोबल टिभि           0

सर्वोच्च अदालतको फूलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा बस्ने उक्त बैठक दिउसो २ बजेबाट सुरु भएको हो ।

बैठकले पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवाद समाधान गर्ने आँकलन गरिएको छ । त्यसैको लागि आजको फूलकोर्ट बैठक उपयोगी हुने कानुन व्यावसायीहरू बताउछन् ।

त्यसो त नेपाल बार एशोसिएशन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै गएको तिन हप्ता देखि आन्दोलनरत छ । त्यस्तै विद्रोह र आन्दोलनमा उत्रिएका न्यायाधीशहरुमध्ये अधिकांश न्यायाधीशहरु इजलासमा फर्किएका छन् । सर्वोच्च अदालतमा आजबाट सबै प्रकृतिका मुद्दाको सुनुवाई हुने बुझिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *