धनुषामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु,१८ जना घाइते

 ग्लोबल टिभि      बिहिबार, मंसिर २, २०७८      0

धनुषाको विदेह नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

तीर्थयात्री सवार ट्याक्टर विदेह नगरपालिका–७ मा पल्टिएर दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मृत्यु हुनेमा भारत सितामढीका अम्बिका देवी र रामदयाल यादव छन् । उनीहरुलाई उपचारका प्रादेशिक अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

धनुषाको कमला नदीमा कात्तिक पूर्णिमाका अवसरमा लाग्ने भूत मेलामा सहभागी हुन आएकाहरु दुर्घटनामा परेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *