ग्लोबल टिभि
0
रोल्पाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा सडकबाट १०० फिट तल खसेको हो ।दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिए ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । उपचारका लागि ३ जनालाई जिल्ला अस्पताल लिबाङ ल्याइएको छ भने अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बस सडकदेखि करिब एक सय फिट तल खसेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Post Views: 961
Leave a Reply