आज विश्व शौचालय दिवस

 ग्लोबल टिभि      शुक्रबार, मंसिर ३, २०७८      0

आज विश्व शौचालय दिवस ‘शौचालयको उपयोगिता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।

विश्वमा हरेक वर्ष नोभेम्बर १९ तारिखमा यो दिवस मनाउने गरिएको छ । तर, दिवस मनाइरहे पनि नेपालका ५ प्रतिशत नागरिक अझै शौचालयको पहुँचमा पुग्न सकेका छैनन् । सरकारले २०७६ साल असोज १३ गते नै नेपाललाई खुला दिसा मुक्त देश घोषणा गरे पनि अझै पनि ५ प्रतिशत नागरिक शौचालयको पहुँच भन्दा बाहिर रहेका हुन् ।

बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्दै आएका छन् ।

सुरक्षित शौचालय नहुँदा झाडापखाला, हैजा जस्ता सरुवा रोगको जोखिम हुन्छ । शौचालयको राम्रो व्यवस्थापन र उपयोग गर्न सकेमा यस्ता सङ्क्रामक रोगबाट जोगिन सकिन्छ । शौचालयको प्रयोगपछि साबुन पानीले राम्ररी हात धुनुपर्छ ।

सौचालयका ट्वाईलेट, चर्पी, शौचालय, रेस्टरुम लगायत थुप्रै नाम छन् । मानव जिवनका लागि अपरिहार्य अनि सरसफाई को पर्याय हो शौचालय । तर नेपालका अधिकांश शहर या गाँउहरुमा व्यबस्थित शौचालयको सुबिधा छैन् ।

विश्वले यसै शौचालय अनि यसको महत्वलाई सबै सामु उजागर गर्दै हरेक बर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउदछ । सन् २०३० सम्मको दिर्घकालिन बिकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाईका श्रोत र सुबिधा का साथ फालिनेपानी लाई पूर्नपयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ ।

अझैपनि संसारभरि लगभग अढाई करोड मान्छेहरुले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ, करिव १०जना मध्य एकजना संसारको मान्छेले अझैपनि शौचलयमा शौचगर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनको सन् २०१५ को सर्वेक्षणले देखाएके छ ।
नेपालमा विस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो शहरीकरणको नमूना जिल्लाहरूमा नगर विस्तारका सोंचहरूमा सार्वजनिक शौचालय किन प्राथमिकतामा पर्दैन, भएको किन उचित सरसफाई तथा व्यवस्थापन छैन ।

आर्थिक अभाव, गरिबी, पानीको अभाव र जनचेतनाको कमीले गर्दा ग्रामीण क्षेत्रमा शौचालयको निर्माण र प्रयोग गर्ने परिपाटीको विकास पुर्ण रुपमा भइसकेको छैन्। शहरी क्षेत्रहरुमा सार्वजनिक शौचालयहरु आवश्यक मात्रामा निर्माण हुन सकेका छैनन्। भएका शौचालय पनि अव्यवस्थित छन्। विश्वमै चार अर्ब २० करोड भन्दा बढि मानिस सुलभ शौचालयको पहुँचबाहिर रहेको तथ्यांक छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *