भूमिहीन सुकुम्बासीले लालपुर्जा पाउनुपर्छ-चौधरी

 ग्लोबल टिभि      शुक्रबार, मंसिर ३, २०७८      0

प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले लामो समयदेखि वसोवास गर्दै आएका लालपुर्जा विहिन सुकुम्बासी नागरिकले लालपुर्जा पाउनुपर्ने वताएका छन ।

शुक्रबार नवलपरासीको वर्दघाट पञ्चनगरमा लामो समयदेखि वसोवास गर्दै आएका स्थानीयले आयोजना गरेको कार्यक्रममा सासंद चौधरीले लालपुर्जा विहिन नागरिकहरुले लालपुर्जा पाउनुपर्ने दावी गरेका हुन ।

नवलपरासीको वर्दघाट नगरपालिका पञ्चनगरमा वसोवास गर्दै आएका नागरिकले लालपुर्जा नपाउनु दुखद भएको भन्दै उनले यहाँका नागरिकलाई छिटोभन्दा छिटो लालपुर्जा दिलाउन आफू लाग्ने वताए ।

नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका नेता चौधरीले ६ महिनाभित्र नेपालका करिव १३ हजार अव्यवस्थित वसोवास गरेका नागरिकलाई लालपुर्जा दिलाउन आफुहरु लडिरहेको वताए । कम्युनिस्ट पाटीलाई जनताका आवश्यकता पूरा नगर्ने शर्तमा सरकारमा वस्ने अधिकार छैन उनले भने ।

सहरी विकास मन्त्रालय मार्फत अब अव्यवस्थित वस्तीका नागरिकले छिट्टै लालपुर्जा पाउनुहुन्छ । उनले विभागिय मन्त्रीसगँ छलफल भैरहेको र निकास निकाल्ने जिम्मेवारी समेत आफुलाई प्राप्त भएकाले पञ्चनगर सहित यो सरकारले देश भरका समस्या समाधान गर्नेमा आफु विश्वस्त रहेको वताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *