पश्चिमी वायुको सामान्य प्रभाव रहने -हिमाली भू–भागमा हिमपातको सम्भावना

 ग्लोबल टिभि           0

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

बुधबार कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *