आफूलाई इजलास नराखि प्रधानन्यायाधीशले तोके पेसी

 ग्लोबल टिभि      आइतवार, मंसिर ५, २०७८      0

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारका लागि ११ वटा इजलासमा पेसी तोकेका छन् । जबराले आइतबारका लागि १० वटा संयुक्त इजलास र एक वटा एकल इजलास गठन गरेका हुन् ।

बिहीबार सर्वोच्चको पूर्ण बैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन भई निर्देशिका समेत बनेको भएपनि कानून मन्त्रालयले उक्त विषय राजपत्रमा प्रकाशित गरिसकेको छैन । जसका कारण आइतबार पनि प्रधानन्यायाधीशले नै पेसी तोकेका छन् । यद्यपि इजलासमा आफूलाई भने राखेका छैनन् ।

करिब एक साता अघिदेखि न्यायाधीशहरूले बन्दी सहित तामेलीका लागि आएका निवेदन, मिलापत्र आदिका निवेदन लगायतका प्रतक्ष सरोकारका विषयमा सुनुवाई सुरु गरेका थिए ।  तर उनीहरुले अन्य मुद्दा नहेर्ने र प्रधानन्यायाधीशसँग इजलासमा पनि नबस्ने घोषणा गरेका थिए ।

आइतबारका लागि सबै प्रकृतिको मुद्दाको पसी तोकिएको छ । यद्यपि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण, तामेली र मिलापत्र लगायतका मुद्दा मात्रै हेरिरहेका छन् । आइतबार सबै मुद्दा गरी कुल ३३४ वटा मुद्दा पेसीमा चढाइएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *