हेटौंडा अस्पताललाई ‘ए ग्रेड’को एम्बुलेन्स हस्तान्तरण

 ग्लोबल टिभि      आइतवार, मंसिर ५, २०७८      0

मकवानपुरको हेटौंडा अस्पताललाई ‘ए ग्रेड’को एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित अस्पताललाई एमुलेन्स हस्तान्तरण गरिएको हो । यो एमुलेन्स प्राप्त गरेसंगै अब भने मकवानपुरका गम्भिर बिरामीलाई अन्यत्र ठुला अस्पतालमा उपचार गर्न लैजानका लागि थप सहज भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नेपाल भारत सहयोगमा आएको आइसियु र मेडिकल विशेषज्ञ सहितको सुविधा भएको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । मन्त्री खतिवडाले एक कार्यक्रमकाबीच अस्पतालका मेसु डा रामचन्द्र सापकोटालाई हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले हेटौंडा बागमती प्रदेशको राजधानी भएकोले यहाँ प्रदेशस्तरको अस्पतालका रुपमा हेटौंडा अस्पताललाई स्तरोन्नती गरिनुपर्ने र त्यसका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

‘ यो त सुरुवात मात्रै हो, हेटौंडा अस्पताललाई कसरी स्तरोन्नती गर्न सकिन्छ भन्ने विषयमा अस्पताल व्यवस्थापन समिति गम्भीर हुनुपर्छ । मन्त्रालयको तर्फबाट मैले सक्नेजती सहयोग उपलब्ध गराउँछु ।’ अस्पतालको भवन निर्माण, स्वास्थ्य उपकरणको उपलब्धता र दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने बताए ।

अस्पताललाई हस्तान्तरण गरिएको एम्बुलेन्समा आइसियू तथा बेडको सुविधा रहेको छ । सो एम्बुलेन्समा चिकित्सकहरुले विरामीहरुलाई आपतकालिन स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *