कोरोना अपडेट-संक्रमितभन्दा निको हुने धेरै

 ग्लोबल टिभि      आइतवार, मंसिर ५, २०७८      0

पछिल्लो २४ घन्टामा देशभर कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढेको छ ।

पछिल्लो २४ घन्टामा २ सय ३८ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् भने ३ सय ७० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार १ सय २३ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ३८ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै, आज एक जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *