चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला वन्ने -प्रचण्ड

 ग्लोवल टि.भी.      सोमवार, मंसिर ६, २०७८      0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रंगशाला निर्माण हुने बताएका छन् । धुर्मुस(सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको रंगशाला आर्थिक अभावले गर्दा गत साउनदेखि नै काम रोकिएको छ ।
कलाकारद्वय धुर्मुस र सुन्तलीको अगुवाईमा फाउण्डेशनले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको थियो ।

आज चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले भने ‘निकै ठूलो मेहनतले यहाँ रंगशाला निर्माण अगाडि बढेको हो। तत्कालीन प्रधानमन्त्री र मसहित उपस्थित भएर निर्माण गरिछाड्ने भनिएको हो,’ प्रचण्डले भने, ‘पछि विवाद बढ्दै जाँदा कसरी नबनाउने भन्नेतिर प्रधानमन्त्री गए, म कसरी बनाउने भन्नेतिर गएँ।’

उनले रंगशाला निर्माणको काम अगाडि बढाउनुपर्ने पनि बताए । ‘कुनै तरिकाले हामी रंगशाला निर्माणका लागि अगाडि बढ्नैपर्छ,’ उनले भने ।

यसअघि अर्थमन्त्री जनार्दन शर्माले पनि रंगशाला निर्माणमा सरकारका तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाएका थिए ।

धुर्मुस(सुन्तली फाउन्डेसन करिब १७ करोड ऋणमा छ । सामग्री खरिद गरेको पैसा तिर्न बाँकी रहेपछि रंगशाला निर्माणको काम अगाडि बढेको छैन ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *