गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था राजपत्रमा प्रकाशित

 ग्लोबल टिभि           0

गोलाप्रथाबाट दैनिक पेसी तोक्ने व्यवस्थासहितको सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली राजपत्रमा प्रकाशित भएको छ । आज नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब सर्वोच्च अदालतका पेसी गोलाप्रथाबाट तोकिनेछन् ।

यसअघि गएको बिहीवार बसेको सर्वोच्चका १८ जना न्यायाधीशको ुफुल कोर्टु अर्थात् पूर्ण बैठकले नियमावली संशोधन गरेर कानुन मन्त्रालयमा पठाएको थियो ।

आज राजपत्रमा प्रकाशित भएको संशोधित नियमावलीमा भएका व्यवस्था कहिलेदेखि कार्यान्वयन गर्ने भनेर फेरि पूर्ण बैठकले नै निर्णय गर्नुपर्नेछ । अहिलेसम्म प्रधानन्यायाधीशले नै दैनिक पेसी तोक्ने गरेकामा अब प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएशनले महिना दिनभन्दा लामो समयदेखि आन्दोलन गरिरहेको छ भने न्यायाधीशहरू पनि अघोषित आन्दोलनमा रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *