शेयर बजार ३२ अङ्कभन्दा धेरैले घट्यो

 ग्लोबल टिभि      मङ्लबार, मंसिर ७, २०७८      0

आज शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार दोहोरो अङ्कले घटेको छ । नेप्से आज ३२ दशमलव २९ अङ्कले घटेर दुई हजार सात सय ३३ दशमलव १४ विन्दुमा झरेको छ ।

आज अन्यबाहेक सबै समूहको शेयर घट्दा होटल, विकास बैंक, उत्पादन, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २७ कम्पनीका ७४ लाख ४८ हजार कित्ता शेयर चार अर्ब १६ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल टेलिकमको ४१ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आईसीएफसी फाइनान्स, नारायणी विकास बैंक र एनआईबीएल प्रगति फन्डको शेयर पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *