कोरोना अपडेट- ३५१ जनामा संक्रमण पुष्टि, ९ को मृत्यु

 ग्लोबल टिभि      मङ्लबार, मंसिर ७, २०७८      0

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यस्तै ३५१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २७३ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६ सय ९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३ सय ७० जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख ८ सय ९० जना निको भएका छन् भने कुल ११ हजार ५ सय ९ जनाको मृत्यु भएको छ । हाल देशभर ७ हजार ३ सय जना सक्रिय संक्रमित रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *