मन्त्री खतिवडाको निर्देशनमा‘एसाइटिस’बाट पीडित सार्कीको उपचार सुरु

 ग्लोवल टि.भी.      बुधबार, मंसिर ८, २०७८      0

स्वास्थ्य मन्त्री विरोध खतिवडाले निर्देशन दिएपछि १३ वर्ष देखि एसाइटिस (पेटमा पानी जमेको) रोगबाट पिडित श्यामलाल सार्कीको उपचार सुरु भएको छ ।

सार्की एसाइटिसबाट १३ वर्ष देखि पीडित थिए । स्वास्थ्य मन्त्री खतिवडाको निर्देशनपछि उनको उपचार वीर अस्पतालमा सुरु भएको हो ।

अर्घाखाँची नगरपालिका ९ नौलापानीका श्यामलालको आर्थिक समास्याका कारण उपचार हुन नसकेको कुरा सामाजिक सञ्चाल र विभिन्न सञ्चारमाध्यममा आएको थियो । यो कुरा स्वास्थ्य मन्त्रालयमा पुगेपछि मन्त्री खतिवडाको निर्देशनमा उनको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिएका छन् ।

हिँडडुल समेत गर्न नसक्ने श्यामलालको अहिले वीर अस्पतालको मेल मेडिकल वार्ड अन्तर्गत बेड नं १२३ मा उपचार भैरहेको छ ।

उनको उपचारमा संलग्न डाक्टरका अनुसार अहिलेसम्म अल्ट्रासाउन्ड, इन्डोस्कोपी लगायतका परिक्षणहरु भैसकेको छन् भने कलेजोमा समस्या देखिएको र पेटको पानी निकाल्ने काम पनि हरेकदिन भैरहेको छ ।

सो पानी समेत परिक्षणका लागि दिइएको र रिपोर्ट विहिबारमात्र आउने अस्पतालले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *