सडक दुर्घटनामा माओवादी रुपन्देही इञ्चार्ज टंकमणिको ज्यान गयो

 ग्लोबल टिभि      बुधबार, मंसिर ८, २०७८      0

सडक दुर्घटनामा माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज तथा केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडे टंकमणिको ज्यान भएको छ ।

दाङ्गको भालुवाङ्गमा भएको कार्यक्रम सकेर गएराति बुटवल फर्कदै गर्दा लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ७ ख ९०६ नम्बरको बसले जितगढीमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका ५५ वर्षीय बञ्जाडेको बिहान लुम्बिनी सिटी अस्पतालमा निधन भएको माओवादी केन्द्र बुटवलका संयोजक पुष्पराज ढकालले जानकारी दिए ।

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक पाल्पा रामपुरका जीतबहादुर थापाको बुटवलको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *