स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने जानकारी दिएका छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपीक्याट र द युनियनको सयुक्त रुपमा आयोजित ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकमा उनले जुनसुकै उपाय अपनाएर भए पनि सूर्तिजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने बताए ।
सूर्तिजन्य पदार्थको सेवनबाट बार्षिक रुपमा ठूलो संख्यामा मानिसको मृत्यु भएको जान्दा जान्दै पनि मानिस यसको कुलतबाट बाहिर निस्कन नसकेको जनाउँदै उनले अब चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर सिर्जना गरेर भएपनि यसको सेवनलाई निरुत्साहित गर्नुपर्छ भने ।
सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यन्वयन गर्नै वताए ।
पहल गर्ने भन्दै म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नसर्ने रोगको प्रकोप भयावह रुपमा बढदै गएको जनाउँदै यसलाई रोकथाम गर्नका लागि पनि सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सूर्तीजन्य पदार्थको प्रयोगले मासिक रुपमा कम्तीमा दुई अर्व रुपैयाँ नेपालीले चुरोटको धुवामा उडाउने गरेको जनाउँदै त्यो भन्दा बढी मानवीय क्षति पु¥याउने बताए ।
विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको उल्लेख गर्दै हृदयघात हुने सबैभन्दा बढी सूर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको जनाइएका थियो ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न नेपालका सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्दै आएको जनाउँदै राज्य पक्षबाट पनि यस्तै अपेक्षा राखेको बताए ।
Leave a Reply