आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ‘न्याय मार्च’ गर्दै

 ग्लोबल टिभि           0

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुँदैछ ।

नेपाल बार एसोसिएशन र अन्य पेसागत सङ्घसंस्थाले दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् ।

नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबरा विरुद्ध आन्दोलन गर्दै आएको छ । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र सम्पत्ति छानबिन गर्न माग गर्दै सर्वोच्च अदालतको गेटबाट सुरू हुने न्याय मार्चपास बालुवाटार पुगेर सकिनेछ ।

नेपाल बार एसोसिएशन, नेपाल पत्रकार महासङ्घ, नेपाल शिक्षक महासङ्घ, नेपाल इञ्जिनियर्स एसोसिएशन, नेपाल जनस्वास्थ्य सङ्घ, नेपाल आदिवासी जनजाति महासङ्घ र बृहत् नागरिक आन्दोलनले बालुवाटारसम्म संयुक्त रूपमा ‘न्याय मार्च’ गर्न लागेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *