ग्लोबल टिभि
0
भालुले आक्रमण गर्दा पाँचथरको फालेलुङका एक वृद्ध गम्भीर घाइते भएका छन् ।
गाइवस्तु चराउन गएका फालेलुङ गाउँपालिका-३ मेमेङका ७० वर्षीय रामकुमार राईलाई बिहीवार विहान भ्याक्टे भन्ने जङ्गलतर्फ जाने क्रममा घरबाट करीब तीन किलोमिटर टाढा पुगेपछि भालुले आक्रमण गरेको थियो ।
भालुको आक्रमणमा पर्दा राईको शरीरका विभिन्न भागमा चोट लागेको छ । गम्भीर घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।
घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी नायव निरीक्षक राजन खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
भालुले आक्रमण गरेको स्थान इलाका प्रहरी कार्यालय मेमेङबाट करीब २० किलोमिटर उत्तरपूर्वमा रहेको छ ।
Post Views: 1,120
Leave a Reply