आज सर्वोच्चको फुलकोर्ट बस्दै, १५ गतेदेखि गोलाप्रथा सुरु गर्ने तयारी

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर ९, २०७८      0

सर्वोच्च अदालत प्रशासनले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएको छ ।

गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य थालनी गर्न फुलकोर्ट बस्न लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरु सम्मिलित बुधबारको छलफलले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बोलाउने निर्णय गरेको थियो ।

यसअघि पेसी व्यवस्थापन निर्देशन समितिमा प्रधानन्यायाधीशको अनिवार्यता रहने गरी नियमावली संशोधन गराएका न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई बहिष्कार गर्दा निर्देशन समितिको नेतृत्व पनि प्रधानन्यायाधीश वा वरिष्ठतम् न्यायाधीशले गर्ने गरी पुनः नियमावली संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
पेसी तोक्ने कार्यका लागि पनि वर्तमान प्रधानन्यायाधीशलाई राख्न नहुने बताएका उनीहरुले बुधबार सामुहिक छलफल गरी बिहीबार फुलकोर्ट बोलाउने र मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्यको थालनी गर्ने निर्णय गरेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *