अन्तरधार्मिक शान्ति महासंघले काठमाडौं महानगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

 ग्लोबल टिभि           0

अन्तरधार्मिक शान्ति महासंघ नेपालले काठमाडौं महानगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा महासंघले करिब चार लाख बराबरको स्वास्थ्य सामग्री महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
बढ्दो कोभिड–१९ जोखिम रोक्न महासंघले केहि सहयोग होस् भन्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताएको छ ।
महासंघका महासचिव डा. महेन्द्र भट्टराईले हस्तान्तरण गरीएका सामानहरु कोभिड नियन्त्रणमा सघाउ पुग्ने उदेश्य रहेको वताए । उनले कोभिडका कारण अशान्ति मच्चिएको पनि जानकारी दिए ।

‘कोभिड–१९को जोखिम बढीरहेको छ । हाम्रो तर्फबाट पनि यसको नियन्त्रणमा केही सघाउ होस् भन्ने हेतुले महानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हौं,।
हस्तान्तरण भएका सामान बुझ्दै काठमाडौं महानगरपालिले यसलाई आवश्यकता र प्राथामिकताको आधारमा बितरण गर्ने जानकारी दिएको छ । स्वास्थ्य शाखा प्रमुख सजिना महर्जनले सहयोगले कोभिड नियन्त्रणमा सघाउ पुग्ने भन्दै दातालाई धन्यवाद समेत दिईन् ।

महासंघले सातबटै प्रदेशमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत बुधबार बागमती प्रदेशमा सामान हस्तान्तरण गरेको हो ।सामाग्री हस्तान्तरण कार्यक्रममा महांसघका प्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *