नेपालमा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ८१ लाख नाघ्यो

 ग्लोबल टिभि      बिहिबार, मंसिर ९, २०७८      0

नेपालमा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ८१ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ८१ लाख ५३ हजार सात सय ३४ जनाले पूर्ण मात्रा र ९३ लाख ६७ हजार सात सय ८९ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै एक लाख ७७ हजार आठ सय जनाभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

यसैबीच २४ घण्टामा थप ३ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा तीन सय आठ जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै थप २ सय ९८ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख एक हजार ४ सय २ पुगेको छ ।

यही अवधिमा २ जना सङ्क्रमितको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५ सय १६ पुगेको छ ।

नेपालमा अहिले ७ हजार ३ सय ४९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *