राष्ट्रिय जनगणना २०७८ सम्पन्न -नेपालको जनसंख्या ३ करोडको हाराहारी पुग्ने अनुमान

 ग्लोबल टिभि           0

राष्ट्रिय जनगणना २०७८ कुनैपनि प्रकारको अवरोध बिना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो ।

राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरु सामाजिक सञ्जालमा उब्जिएको भएपनि विभागले सम्बन्धित पक्षहरुसँग छलफल गरी जनगणना कार्यलाई अगाडी बढाएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए ।

महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताए ।

जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा जिल्लाको विवरण केन्द्रमा आउने भन्दै उनले केन्द्रीय तथ्यांक विभागले विवरण इन्ट्रि गर्न ६ देखि ८ महिना लाग्ने जानकारी दिए । एक वर्षपछि जनगणनाको रिपोर्टहरु निकाल्न सुरु गर्ने र दुई वर्ष भित्रमा सम्पूर्ण जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उनको भनाई छ । जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने महानिर्देशक श्रेष्ठले बताए ।

उनले भने – ‘सबैको लेखाजोखा गर्दाखेरी पहिलेको प्रोजेक्शन गरिएको जनगणनाको ३ करोडको हाराहारीको जनसंख्या हो । त्यसको लगभग आसपासमा हामी पुगौँला नभए २ करोड ८० लाख सम्म पुग्छ कि भन्ने अहिलेको प्रारम्भिक अनुमान मात्र हो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *