समाजवादी प्रेस संगठन अछामको अध्यक्षमा  भट्ट चयन 

 ग्लोवल टि.भी.      शनिबार, मंसिर ११, २०७८      0
समाजवादी प्रेस संगठन अछामको अध्यक्षमा डण्डिराज भट्ट भयन भएका छन् ।
शुक्रवारको भेलाले भट्ट को  अध्यक्षतामा १३ सदश्यीय  जिल्ला कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा तुलबहादुर कुँवर र एकेन्द्र महता, सचिवमा कल्पना वोहरा, कोषाध्यक्ष समिक्षा जोशी, सहसचिव दिनेश वाव्ली चयन भएका छन् ।
समितिका अन्य सदश्यहरुमा हिमाल कुँवर, सतिश कुँवर, निशा साउद, करिष्मा दास, मनिष विक, टेक रावल, मेनुका कुँवर, दिनेश खड्का चयन भएका छन् ।
कार्यक्रम   समाजवादी प्रेस संगठन केन्द्रिय उपाध्यक्ष एवंम् सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज राजेन्द्र कुँवरको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तपेन्द्र कुँवरको उपस्थितिमा भएको थियो ।
 समाजवादी प्रेस संगठन केन्द्रिय उपाध्यक्ष एवंम् सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज कुँवरले समाजवादी प्रेस संगठन सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा गठन भईरहेको बताउँदै संगठनले पत्रकारका साझा मुद्धालाई प्रभावकारी रुपमा अघि बढाउने वताए  ।
नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कुँवरले समाजवादी प्रेस संगठनले पत्रकारका हक अधिकारको लागि आवाज उठाउनु पर्नेमा जोड दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *