दलाल पूँजीवादको शोषणमा पर्ने दिन गए – झलनाथ खनाल

 ग्लोबल टिभि      आइतवार, मंसिर १२, २०७८      0

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दलाल पूँजीवादको शोषणमा पर्ने दिन समाप्त भएको बताउँदै अब वैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्नुपर्ने धारणा राखेका थिए ।
शनिबार काठमाण्डौंमा फाउण्डेशन फर क्रिटिकल डिस्कोर्ष नेपाललेआयेिज ना गरेको समकालीन पुजीवाद र नेपालमा समाजवादी आन्दोलन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा नेता खनालले मार्क्सको पुँजीवादी पालादेखी हालको बैज्ञानिक समाजबादको सुरुवात चरणको व्यवस्था बारेमा आफ्नो धारणा राखेका थिए ।

दलाल पूँजीवादसँग जुधेर सामाजिक रुपान्तरण र देश विकासको पक्षमा लाग्नुपर्ने उनले वताए ।समाजबादी क्रान्तिलाई अगाडी बढाएर समाज रुपान्तरणमा अघि बढ्नु पर्ने भन्दै नेता खनालले पुँजीवादलाई निर्मम पारेर समाजबादको रुपान्तरणमा लाग्नुपर्ने बताए ।

‘क्रान्तिकारी सिद्धान्त बिना क्रान्ति सम्भाव छैन । अब दलाल पुँजीबादलाई हटाएर समाजबाद रुपान्तरणको पक्षमा लाग्नु पर्छ । अब बैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गरौँ ।’दलाल पुँजीबादसँग जुधेर सामाजिक रुपान्तरण र देश बिकासको पक्षमा लाग्नुपर्ने उनको भनाई छ । ‘अब समाजबादी आन्दोलनको भुमिका दलाल पुजीवादीको अन्त गर्नुपर्छ’ उनले भने ।

नेता खनालले मुलुकमा उद्यमशीलताको विकास गरेर मात्र समाजवादी व्यवस्थालाई समुन्नत बनाउन सकिने भन्दै विश्वव्यापीकरणको प्रभाव समाजवादी अर्थतन्त्रमा पर्ने हुँदा उत्पादन वृद्धि गरी जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकारले कृषि क्षेत्रमा लगानी वृद्धि गरी आम्दानी बढाउन सकेमा समाजवाद सफल हुने विश्वास व्यक्त गर्दै पूँजी, प्रविधि, व्यवस्थापकीय सीप भित्र्याउनुपर्ने सुझाव दिए ।
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य अशेष घिमिरे, नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला, डा खगेन्द्र प्रसाईँलगायतले राष्ट्रिय पूँजीको माध्यमबाट उत्पादन बढाउन त्यसका स्रोत र साधनलाई समाजको नियन्त्रणमा राख्नुपर्नेमा जोड दिँदै जनतासम्म प्रतिफल पुर्र्याउन न्यायोचित वितरण प्रणाली अवलम्बन गर्नुपर्ने बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *