जाजरकोट बस दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट नेपालगञ्ज पठाइँदै

 ग्लोबल टिभि      आइतवार, मंसिर १२, २०७८      0

आइतबार बिहान जाजरकोटमा भएको बस दुर्घटनाका घाइतेहरुलाई नेपालगञ्ज पठाइँदै छ । दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ।

जाजरकोट प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही र सप्तरीका ४० वर्षीया गंगाराम यादव रहेका छन्।

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा भएको हो।

बस सडकबाट २ सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार दुर्घटनामा २८ जना घाइते भएका छन् ।

घाइते मध्ये तीन जनाएको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भैरहेको छ। रिफरका लागि हेलिकप्टर माग गरिएको उनले जानकारी दिए । घाइते सबै जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *