कोरोना अपडेट- २५९ जना नयाँ सङ्क्रमित, सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत

 ग्लोबल टिभि      सोमवार, मंसिर १३, २०७८      0

पछिल्लो २४ घण्टामा २५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ७ हजार २३१ जनामा पीसीआर परीक्षण गरिएकोमा २४३ जनामा र २ हजार ६५७ जनामा एन्टीजेन परीक्षण गर्दा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २६४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२४ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ६ हजार ९४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ४४ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *