लागुऔषधमा संलग्न दुई जना महिला पक्राउ

 ग्लोवल टि.भी.      बुधबार, पुस १५, २०७७      0

लागुऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–८ बाट पक्राउ गरेको हो ।

वडा नम्बर ८ मा बस्ने शान्ति सिंहको घरमा खानतलासी गर्दा ब्राउनसुगरसहित उनीसहित कौशिला सिंहलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मंगलबार राति १० बजेतिर शान्ति चसिंहको घरबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउनसुगर र नेपाली रुपैयाँ २१ हजार ५ सयसहित दुवै जनालाई पक्राउ गरिएको हो ।

उनीहरु दुवै जना लागुऔषध कारोबारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *