२५५ कोरोना संक्रमित थपिए, २ को मृत्यु

 ग्लोबल टिभि      मङ्लबार, मंसिर १४, २०७८      0

नेपालमा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३२९ जनाको पीसीआर परीक्षणमा २४५ र २ हजार १४० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६४, भक्तपुरमा ११ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन् ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज देशभर ६ हजार ५८९ जना होम आइसोलेसनमा, ३४२ जना संस्थागत आइसोलेसनमा, ११६ जना आईसीयू तथा ३३ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *