ग्लोबल टिभि
0
दोलखामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका हुन् ।
मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् । बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले बताए ।उनीहरुको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर घटना भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भएको छैन ।
Post Views: 993
Leave a Reply