ग्लोबल टिभि
मङ्लबार, कार्तिक ४, २०७७
0
धनगढी । गस्तीमा गएका बेला प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै हत्या भएका प्रहरी जवान रामबहादुर साउँदको आज विहान शव फेला परेको छ । सम्पर्कविहीन भएको ६० घण्टापछि मोहना नदीको पानीभित्र बालुवामा गाडिएको अवस्थामा साउदको शव फेला परेको हो । शनिवारराति नेपाल–भारत सीमा क्षेत्रमा नियमित गस्तीमा जाँदा सोही राति नै दुवै जनाको हत्या भएको थियो । धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत उनीहरु राति साढे १० बजेबाट सम्पर्कविहीन भएका थिए ।
आइतबार बिहान मोहना नदीमा बिकको शव फेला परे पनि साउदको अवस्था भने दुई दिनसम्म अज्ञात रहेको थियो । निरन्तरको खोजी प्रयासपछि आज विहान नदीमा पानीभित्र शव गाडिएको अवस्थामा फेला पारेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक दिलिप देउवाले जानकारी दिए ।
Post Views: 1,395
Leave a Reply