त्रियान प्रज्ञा सम्मेलनमा भागलिन राष्ट्रपति भण्डारी लुम्बिनी जाँदै

 ग्लोबल टिभि      बिहिबार, मंसिर १६, २०७८      0

राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुने भएकी छन्।

राष्ट्रपति भण्डारी लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ।

यस्तै राष्ट्रपति भण्डारीले कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएका प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

स्थापना दिवसका अवसरमा राष्ट्रपति भण्डारीले विश्वविद्यालयले आयोजना गरेको प्रथम त्रियान प्रज्ञा सम्मेलन तथा पुस्तकालय भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

विश्वविद्यालयका सूचना अधिकृत चूडामणि पोखरेलका अनुसार तीन तले पुस्तकालय भवनमा बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभाहल रहेका छन्।

स्थापना दिवसको मूल समारोहमा राष्ट्रपतिले राष्ट्रपतिले विश्वविद्यालयले प्रकाशन गरेका छ वटा पुस्तक अशोक वदान, इतिवुत्तक, बुद्धवंश, बुद्ध र ब्रह्म, सिद्धार्थ चरित्रम् पुस्तकको लोकार्पण गर्ने रजिष्ट्रार आचार्यले जानकारी दिए ।

 

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *