आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १७, २०७८      0

आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विभिन्न कार्यक्रम गरी मनाईदै छ । समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदैछ ।

नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गता सम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि दिवस मनाउन थालिएको हो ।

अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो ।

विकासोन्मुख देशमा ८० प्रतिशत जनसङ्ख्यामा अपाङ्गता भएको पाइएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले देखाउँछ । नेपालमा कति अपाङ्गता भएका व्यक्तिको यकिन तथ्याङ्क छैन ।

यस्तै उनीहरु कहाँ–कस्तो अवस्थामा रहेका छन् भन्ने कुराको जानकारी समेत नभएको राष्ट्रिय अपाङ्ग महासङ्घले जनाएको छ । महासङ्घका अनुसार २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सङ्ख्या साढे पाँच लाख छ ।

नेपालले यस दिशामा प्राप्त गरेका सफलता र चुनौतीको वस्तुपरक समीक्षा गरी आगामी दिनमा अपाङ्गता भएका व्यक्तिलक्षित विशेष कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।
हाल भइरहेका संवैधानिक तथा कानुनी प्रावधानमा समयानुकूल परिमार्जन गर्दै अपाङ्गता भएका व्यक्तिको पूर्ण मानवअधिकार संरक्षण गरी समानतामूलक समाज स्थापनामा नेपालले विशिष्ट योगदान दिनसक्छ । अपाङ्गता हुनुमा आन्तरिक र बाह्य कारण निर्णायक हुन्छन् । नेपालमा दिनहुँ हुने सडक दुर्घटनाबाट बर्सेनि हजारौँ व्यक्तिले अपाङ्गताको दुष्परिणाम भोग्दै आएका छन् ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै गर्दा गर्भावस्थादेखि मृत्युवरण गर्नुअघि हुनसक्ने अपाङ्गताका कारणको पहिचान गरी त्यसको रोकथामका नीति तय गर्नु आवश्यक छ ।
विपन्नता र अपाङ्गताबीच गहिरो सम्बन्ध हुन्छ यस्ता दुष्चक्रलाई पराजित गर्न सरकारको ध्यान जरुरी छ । त्यसका लागि राज्य र परिवारले विशेष योगदान दिनु जरुरी छ ।

 

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *