डेढ महिनापछि सर्वोच्चमा मुद्दाको नियमित सुनुवाइ

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १७, २०७८      0

गोला प्रणालीबाट पेशी तोक्न थालेपछि शुक्रबारदेखि सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुन थालेको छ ।

शुक्रबार न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छन् भने कानुन व्यवसायीले पनि बहस गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै गत कात्तिक ८ गतेदेखि आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बहस गर्न छाडेका थिए ।

त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशले पनि बन्दी प्रत्यक्षीकरणबाहेकको मुद्दामा सुनुवाइ गरेका थिएनन् । गोला प्रणालीबाट इजलास गठन भएको तेस्रो दिनमात्र मुद्दाको सुनुवाइ हुन सकेको हो ।
शुक्रबार सर्वोच्च अदालतमा गोला प्रणालीबाट १० वटा इजलास गठन भएको छ र सबै इजलासले मुद्दाको सुनुवाइ गरेका छन् ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको प्रवेश निषेध कार्यक्रम भने जारी रहने बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *