ग्लोवल टि.भी.
बिहिबार, पुस १६, २०७७
0

काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको छ।
बुधबार दिउँसो काठमाडौंको तापक्रम १६.६ डिग्रीसम्म पुगेको थियो।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ ।
पूर्वानुमान महाशाखाले अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

Leave a Reply