पर्वतमा बस दुर्घटना, एक किशोरको घटनास्थलमै मृत्य, १८ घाईते

 ग्लोबल टिभि      शनिबार, मंसिर १८, २०७८      0

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा शनिबार बिहान बस दुर्घटना हुँदा एक किशोरको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमै कार्यरत सडक मजदुर रहेको पर्वत प्रहरीले जनाएको छ ।विरगञ्जबाट बागलुङतर्फ आउँदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबाहक बसले सडक मजदुर लिएर पातीचौरबाट दोबिल्ला आउँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टरलाई बिहान ७ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–२ का १८ वर्षीय विशाल लामिछाने रहेको पर्वत प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए ।

उनको अनुसार तीव्र गतिमा गुडेको रात्रीबसले सोही दिशातर्फ गुडिरहेको ट्याक्टरलाई ठक्कर दिएको थियो ।निर्माणाधीन मध्यपहाडी सडकको कामका लागि २४ जना मजदुर लिएर ट्याक्टर दोबिल्ला आउँदै गरेको थियो । प्रहरीका अनुसार गम्भीर घाइते पाँच जना मजदुरलाई उपचारका लागि पोखरा पठाइएको छ । अन्य १८ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको प्रनाउ बुढाथोकीले बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *