थप २ सय ३८ जना कोरोना सङ्क्रमित थपिए

 ग्लोवल टि.भी.      शनिबार, मंसिर १८, २०७८      0

पछिल्लो २४ घण्टामा दुई सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार सात सय ९७ जनाको नमूना परीक्षण गर्दा तीन दशमलव पाँच प्रतिशत अर्थात दुई सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ९२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख चार हजार एक सय आठ जना पुगेको छ ।

यस्तै थप पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४० जना पुगेको छ । अहिले नेपालमा ६ हजार सात सय ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ३० हजार ६ सय ८८ जनाले कोरोना भाइरसबिरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ८६ लाख ६७ हजार दुई सय ५७ जनाले पूर्ण मात्रा र एक करोड तीन लाख २५ हजार ६ सय ४७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *